काठमाडौं । कोरोना संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं महानगरभित्र हालसम्म ४१ जनाको मुत्यु भएको छ । दैनिक करिब ३ सयको संख्यामा संक्रमित थपिँदै जाँदा महानगरभित्र आइसोलेसनको समस्या बढ्दै गएको छ ।
कामपा जनस्वास्थ्य विभागको तथ्यांकअनुसार हालसम्म झन्डै ५ हजार ५ सय जना संक्रमित रहेका छन् । कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले सोमबारसम्म ४१ जनाको मृत्यु भएको जानकारी दिए । उनले काठमाडौंको तथ्यांक बढी देखिए पनि कामपाभित्रको कोभिड–१९ बाट मर्नेको संख्या ४१ जना मात्र रहेको बताए ।
काठमाडौंमा ६० जनाको मृत्यु भइसकेको छ । जनस्वास्थ्य शाखा काठमाडौंले महानगरपालिकाको तथ्यांक एक दिनपछि मात्र उपलब्ध गराउने भएकाले महानगरभित्र मर्र्ने र संक्रमितको संख्या बढी देखिएको हो ।
तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा देखिएको छ । सो वडामा ४ सय ७७ संक्रमित छन् । त्यस्तै दोस्रोमा ठेगाना नखुलेकामा देखिएको छ । उनीहरुको संख्या ४ सय ५७ रहेको छ । तेस्रोमा १६ नम्बर वडामा संक्रमित देखिएका छन् । सो वडामा ३ सय ८७ संक्रमित छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० भदौ २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण