नेपालमा एकैदिन १५ जनाको मृत्यु, १ हजार १७० जना संक्रमित थपिए, ८७९ जना निको भए

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, १६ : २९
नेपालमा एकैदिन १५ जनाको मृत्यु, १ हजार १७० जना संक्रमित थपिए, ८७९ जना निको भए

काठमाडौं । नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा ५ जना महिला र १० जना पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३६० पुगेको छ । यस्तै आज थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८७९ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । जसमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन् ।