स्थायी कमिटीलगत्तै नेकपा संगठन विभागको बैठक जारी

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १६ : ३१
स्थायी कमिटीलगत्तै नेकपा संगठन विभागको बैठक जारी

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकलगत्तै संगठन विभागको बैठक पनि बसेको छ । यतिबेला बैठक धुम्बाराहीमा बसिरहेको छ। बिहान १२ बजेदेखि सुरु भएको बैठक साँझसम्म चलिरहेको थियो । 

बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमसहित उपप्रमुख जनार्दन शर्मा, सदस्यहरू खगराज भट्ट, रेखा शर्मा, हरि अधिकारी, मातृका यादवसहित सातै प्रदेशका इन्चार्जहरू सहभागी छन् । 

पार्टीको प्रदेश १ इन्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मती प्रदेश अष्टलक्ष्मी शाक्य पनि बैठकमा सहभागी छन्। यस्तै गण्डकी प्रदेशबाट मुख्यमन्त्रीसमेत रहेका पृथ्बीसुब्बा गुरुङ, प्रदेश ५ मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र सुदुरपचिम प्रदेश भीम रावल सहभागी छन्। 

संगठन एकता र विभागलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ । असोज महिनाभित्र एकता टुंगो लगाउन बैठकमा नेताहरुले जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस