चितवनमा थप १६ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १५ : ५६
चितवनमा थप १६ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढेको छ । आज चितवन मेडिकल कलेजको ल्यापमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार ९४ जनाको स्वाबको नमुना परीक्षण  गर्दा  १६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमित मध्ये चितवनका ११ जना छन । नवलपुर गैँडाकोटका  १ जना, देवचुली नगरपालिकाका ३ जना र  तनहुँ व्यास नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
 

प्रतिक्रिया दिनुहोस