काठमाडौँ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ भदौ २०७७, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा