काठमाडौँ । विशेषज्ञहरूले कोभिड–१९ खोपको अन्तिम अवस्थाको क्लिनिकल ट्रायलमा जानुअघि चनाखो हुनुपर्ने सुझाव दिएका छन् । मुलुकलाई फाइदा हुने गरी खोपको क्लिनिकल ट्रायल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको क्लिनिकल ट्रायलका सम्बन्धमा विशेषज्ञहरूसँग छलफल अगाडि बढाएको छ । वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले कोभिड–१९ विरुद्ध खोपको तेस्रो चरणको परीक्षणमा सहभागी हुनु राम्रो भए पनि यसमा आफ्नै किसिमको कम्तीमा दुई सर्त राख्नैपर्ने बताए ।
‘पहिलो, तेस्रो चरणको परीक्षणमा खोप सुरक्षित छ भन्ने ग्यारेन्टी हुनुपर्छ, नत्र खोप नै हाम्रा लागि रोगको कारण बन्न सक्छ । हालै बेलायतको खोप रोकिएको उदाहरण हामीसामु छ,’ उनले भने, ‘दोस्रो, यो खोप सफल भए हामीले पाउने सुविधाबारे पहिल्यै निर्क्योल हुनुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ भदौ २०७७, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप