काठमाडौँ । विशेषज्ञहरूले कोभिड–१९ खोपको अन्तिम अवस्थाको क्लिनिकल ट्रायलमा जानुअघि चनाखो हुनुपर्ने सुझाव दिएका छन् । मुलुकलाई फाइदा हुने गरी खोपको क्लिनिकल ट्रायल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको क्लिनिकल ट्रायलका सम्बन्धमा विशेषज्ञहरूसँग छलफल अगाडि बढाएको छ । वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले कोभिड–१९ विरुद्ध खोपको तेस्रो चरणको परीक्षणमा सहभागी हुनु राम्रो भए पनि यसमा आफ्नै किसिमको कम्तीमा दुई सर्त राख्नैपर्ने बताए ।
‘पहिलो, तेस्रो चरणको परीक्षणमा खोप सुरक्षित छ भन्ने ग्यारेन्टी हुनुपर्छ, नत्र खोप नै हाम्रा लागि रोगको कारण बन्न सक्छ । हालै बेलायतको खोप रोकिएको उदाहरण हामीसामु छ,’ उनले भने, ‘दोस्रो, यो खोप सफल भए हामीले पाउने सुविधाबारे पहिल्यै निर्क्योल हुनुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ भदौ २०७७, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने