चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, ०७ : ०१
चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ४ जना चितवनका सहित ७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाले दिएको जानकारी अनुसार  ३१७ वटा नमुनाको परिक्षणमा ७ जनामा संक्रमण देखिएको हो । 

भरतपुर महानगरपालिका ४  जनामा कोरोना पुष्टि भएको हो भने  रौतहटमा १ जना , सुर्खेतमा १ जना र धनुषामा १ जनामा  कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।