एकैदिन १ हजार २०१ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५३ हजार १२० पुग्यो

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, १६ : २८
एकैदिन १ हजार २०१ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५३ हजार १२० पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । जसमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन् ।