कोरोना भाइरस

कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ को तेस्रो चरणको क्लिनिकल ट्रायल यसै साता

एजेन्सी

शनिबार, २७ भदौ २०७७, १३ : ५१
कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ को तेस्रो चरणको क्लिनिकल ट्रायल यसै साता

फाइल फोटो

एजेन्सी । रूसले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ को तेस्रो चरणको क्लिनिकल ट्रायल यसै साता सुरू हुने भएको छ । यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल यसै साता सुरू हुने रूसी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

रूसले यो भ्याक्सिन संसारभर उपलब्ध गराउन चाहेको समेत बताएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी किरिल दिमित्रिभ भन्छन्, ‘‘हामी बिना कुनै भेदभाव सबै मुलुकमा स्पुतनिक भी पुर्‍याउन चाहन्छौं । यो भ्याक्सिन अन्य मुलुकसँग सहकार्यमा पनि बनाउन सकिन्छ। हामी कुनै पनि मुलुकसँग काम गर्न तयार छौं ।’

स्पुतनिक भीलाई रूसी स्वास्थ्य मन्त्रालयले अगस्ट ११ का दिन रजिस्टर गरेको थियो । रजिस्टर हुने संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन पनि त्यही बन्न सफल भएको थियो ।

रूसले आफ्ना नागरिकलाई संसारकै पहिलो भ्याक्सिन स्पुतनिक भीको पहिलो ब्याच जारी गरिसकेको छ । रूसी स्वास्थ्य मन्त्रालयका अनुसार यो भ्याक्सिनको स्तरीयता जाँच सम्पन्न भइसकेकाले सर्वसाधारणमा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस