भारत र चीनका सेनाबीच भएको झडपको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

एजेन्सी

शुक्रबार, २६ भदौ २०७७, १६ : ५७
भारत र चीनका सेनाबीच भएको झडपको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

एजेन्सी । भारत र चीनका सेनाबीच भएको झडपको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

भिडियोमा भारत र चीनका सैनिकबीच सीमा क्षेत्रमा भएको मुक्का र लठ्ठी हानाहान भएको देखिन्छ । यो भिडिओ ठ्याक्कै कहिले खिचिएको हो भन्ने एकिन  छैन । भिडिओमा एउटा नदीको किनारमा दुबै पक्षका सैनिकहरू मुक्का र लठ्ठी हानाहान गर्छन् । राइफल भिरे पनि दुबै पक्षबाट प्रयोग हुँदैन । 

धक्कामुक्कापछि भिडियोमा भारतीय सैनिकहरु पछाडि हट्दै गएको देखिन्छ । उक्त भिडियो चिनियाँ मोबाइलबाट खिचेको बताइएको छ । चिनियाँ पक्षतिर भएको क्षतिबारे भने अहिलेसम्म बेइजिङले केही खुलाएको छैन ।

चीन र भारतबीच गत मेदेखि लद्दाख क्षेत्रमा सीमालाई लिएर विवाद चुलिएको छ । अघिल्लो सातामात्र सीमा क्षेत्रमा गोली चलेको दुबै पक्षले जनाएका छन् तर गोली कसले चलाएको हो भन्नेमा चाहिँ नयाँदिल्ली र बेइजिङले एक-अर्काका सैनिकलाई आरोप लगाएका छन् । 
 
सन् १९६२ मा सीमाका लागि युद्द लडेका आणविक शक्ति राष्ट्रहरू चीन र भारतबीच अरूणाञ्चलदेखि लद्दाखसम्म झन्डै ४ हजार किलोमिटर सीमा विवाद टुंग्याउन बाँकी छ । पछिल्लो समय दुबै देशले लद्दाख क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेका छन् । लद्दाख क्षेत्रमा बेलाबेलामा झडप हुने गरेको समाचारहरु आइरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस