चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २६ भदौ २०७७, १६ : ०७
चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोरोना ल्याबमा गरिएको परीक्षणमा चितवनका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ३५ जना, खैरहनी नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिका २ जना रहेका चितवन मेडिकल कलेजले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस