काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले आज गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन् ।
गाउँपालिका–३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको विरोध गर्दै नाराबाजी र जुलुस गरेका हुन् ।
सोही स्थानका धनम तामाङ र छेपन तामाङले केही दिन अगाडि ज्वरो आएकाले सिटामोल चक्की स्वास्थ्य केन्द्रबाट लगी खाँदा एक्कासि रिँगटा लाग्ने र बान्ता आएकाले स्वास्थ्य केन्द्रका अनमी बैदेवी हमाललाई भेटेर औषधि देखाउँदा उहाँले औषधि भण्डार गर्ने ठाउँ राम्रो नभएका कारण गुणस्तरहीन भइसकेको हुनाले खान नहुने बताउनुभएको स्थानीयवासी काजीमान डंगोलले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष आशा तामाङले देउराली प्राथमिक स्वास्थ्य केन्द्रबाट वितरण भएको औषधि गुणस्तरहीन र मिति सकिएकाले बुधबार जलाइएको र यसबारे अनुसन्धान गरिने जानकारी दिनुभयो ।
गाउँपालिका, देउराली स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक फैराज तामाङले स्थानीयवासीलाई वितरण गरिएको औषधिको मिति सकिन अझै एक महिना बाँकी रहेको जिकिर गर्नुयो ।
प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले औषधिमा लापरबाही गर्ने जोसुकैलाई पनि छानबिन गरी कारबाही गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ भदौ २०७७, २१ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक
दीर्घ रोगीहरूलाई तीन महिनाको औषधि एकै पटक दिने निर्णय
सरकारले हटायो स्वास्थ्य बीमाको सुविधा थैलीबाट चार औषधि
पश्चिम नवलपरासीबाट १० लाख रुपैयाँको औषधि बरामद
गिद्ध संरक्षणमा सघाउ पुर्याउन तीन पशु औषधिमा प्रतिबन्ध लगाइने