काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका –१८ निवासी गणेश तामाङको शव साढे ६ महिनापछि आज परिवारले बुझेका छन् ।
गत वर्ष मङ्सिर १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हँुदै कामदारका रुपमा साउदी अरब पुग्नुभएका तामाङको तीन महिनापछि मृत्यु भएको खबर आएको थियो ।
तामाङ विसं २०७६ फागुन पहिलो साता आफ्नै कोठामा मृत फेला परेको जनाइएको छ । मृत्यु भएलगत्तै शव घर ल्याउन पहल गरिए पनि नसकिएको मृतक तामाङकी पत्नी जानकारी घर्तीले बताउनुभयो ।
कोरोना जोखिमका कारण पटकपटक शव नेपाल ल्याउन आफूहरु वैदेशिक रोजगार विभाग र साउदीस्थित नेपाली दूतावास धाए पनि सुनुवाइ नभएकाले ढिलाइ भएको उहाँको भनाइ छ ।
तामाङको शव आइपुगेपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ भदौ २०७७, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला
सिरहामा पुरुषको शव फेला, हत्याको आशंका
कोठाभित्र युवतीको शव भेटियो
उदयपुरमा दुई जनाको शव फेला
रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता
झापामा तीन जनाको शव फेला