काठमाडौं । देशभरका निजी विद्यालयले कोरोना महामारीका बेला शिक्षक निष्कासन गर्ने, बेतलबी राख्ने र किस्ताकिस्तामा तलब दिने गरिरहेका छन् ।
‘मावि पढाउने शिक्षकलाई महिनाको १४ हजारका दरले तलब दिनुभएको थियो,’ रेडियनका एक शिक्षकले भने, ‘काठमाडौंमा बाँच्नै गाह्रो भयो । पढाइराखेका छौं, पूरा पारिश्रमिक चाहियो भन्दा तिमीहरूलाई विद्यालयले निष्कासन गरेको छ, राजीनामा देऊ भन्नुभयो ।’
उक्त विद्यालयका केही शिक्षकले राजीनामा दिइसकेका छन् भने केहीले संस्थागत विद्यालय शिक्षक युनियन ९इस्टु० मा उजुरी हालेका छन् ।इस्टुका अनुसार चैतयता मुलुकभरका ३ हजार १२ जना शिक्षकले जागिर गुमाइसकेका छन् ।
कोरोना भाइरसको बहाना बनाएर निजी विद्यालय सञ्चालकहरूले शिक्षकलाई जबर्जस्ती निष्कासन गर्ने क्रम बढेको इस्टु अध्यक्ष होमकुमार थापाले बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ भदौ २०७७, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन