कास्की । प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
चुडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौँडाको विसं २०५९ फागुन १२ गतेको फैसलाले चार वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकिएका गिरी फरार थिए । पेशाले ड्राइभर रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ भदौ २०७७, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ