ओली–प्रचण्ड वार्ता सकियो

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १४ : ४९
ओली–प्रचण्ड वार्ता सकियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव २ घण्टा भएको छलफलमा शुक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । तर एजेण्डा के के तय भए भन्ने अझै खुलाइएको छैन ।

सापकोटाका अनुसार तय भएका एजेण्डा स्थायी कमिटी सदस्यहरूलाई पठाइनेछ । तिनै एजेण्डामा तयारी गरेर स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस