एकैदिन ९०२ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १६ : २४
एकैदिन ९०२ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । जसमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएक छन् ।