रथ तान्ने झडपमा पक्राउ ६ जनामा कोरोना देखियो

पत्रपत्रिकाबाट

मंगलबार, २३ भदौ २०७७, ०७ : ३८
रथ तान्ने झडपमा पक्राउ ६ जनामा कोरोना देखियो

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपको सिलसिलामा पक्राउ परेका १८ जनामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार संक्रमण हुनेहरूको पक्राउ परेको भोलिपल्ट पीसीआर परीक्षण गरिएको थियो । ‘पाटन अस्पतालबाट आइतबार आएको रिपोट पोजिटिभ देखिएको हो,’ उनले भने, ‘उनीहरूलाई उपचारपश्चात् पुनः प्रहरीको सम्पर्कमा आउने गरी घरपरिवारको जिम्मा लगाएका छौं ।’

उनले ललितपुर महानगरपालिका–६ का रवि शाक्यलाई भने मानसिक रोगबाट पीडित भएकाले छोडिएको बताए । प्रहरीले झडपको सिलसिलामा पक्राउ परेका १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको छ । कान्तिपुरमा खबर छ।

प्रतिक्रिया दिनुहोस