चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी र लागू औषधको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार र लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नं.२ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन् । भरतपुर महानगरपालिका वडा नं.७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन् ।
उनीहरुलाई प्रहरीले अनलाईन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो । उनीहरुबाट नगद रू.१ लाख ७२ हजार ५ सय र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइलवरामद गरीएको थापाले जानकारी दिनुभयो ।
यसै गरी प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं.२ का २५ वर्षाीय किशोर शाह र स्याङजा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल खैरहनी नगरपालिका वडा नं.१ बस्ने ४२ वर्षका राजेश बस्याल छन् । उनीहरुलाई आइतबार साँझ ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ भदौ २०७७, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागु औषधसहित दुई पक्राउ