आज नेपालमा मृतकको संख्या ३०० पुग्दा ९७९ जना संक्रमित थपिए, १ हजार ७३६ जना निको भए

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, १६ : ४२
आज नेपालमा मृतकको संख्या ३०० पुग्दा ९७९ जना संक्रमित थपिए, १ हजार ७३६ जना निको भए

काठमाडौं । नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा ४ महिला ७ पुरुष रहेका छन् । महिलाहरुमा काठमाडौंकी ३७–९०–८३ वर्षीया र कास्कीकी ६३ वर्षीया छन् भने पुरुषहरुमा मोरङका ७६ वर्षीय, सिराहाका ८७–६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय रहेका छन् । 

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३०० पुगेको छ । यस्तै आज थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ७३६ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । जसमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन् ।