थप १ हजार ७३६ जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ३० हजार ६७७ पुग्यो

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, १६ : २१
थप १ हजार ७३६ जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ३० हजार ६७७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७३६ जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।