कोरोना भाइरस

नेपालमा थपिए ९ सय ८० जना संक्रमित, थप ९ जनाको कोरोनाबाट मृत्यु

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १६ : ३७
नेपालमा थपिए ९ सय ८० जना संक्रमित, थप ९ जनाको कोरोनाबाट मृत्यु

काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । कूल संक्रमित संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङका क्रममा यो जानकारी दिएका हुन् । उनका अनुसार बितेको २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना महिला र सात जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङकी ६४ वर्षीया र झापाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषहरुमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय र काठमाडौँका ७४, ६८ र ५० वर्षीय रहेका छन् ।

आज थपिएका समेत कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई सय ८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस