कोरोना भाइरस

नेपालमा थप १ हजार ८ सय १४ जनासहित २८ हजार ९ सय ४१ जना कोरोनामुक्त

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १६ : २५
नेपालमा थप १ हजार ८ सय १४ जनासहित २८ हजार ९ सय ४१ जना कोरोनामुक्त

फाइल फोटो

काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङका क्रममा यो जानकारी दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस