गोरखामा कोरोनाबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १२ : २८
गोरखामा कोरोनाबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट गोरखामा ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ धारापानी निवासी उनको शनिबार साढे ४ बजे मृत्यु भएको हो । 

ब्रेन ह्यामरेज भई गोरखा अस्पतालको इमरजेन्सीमा लगिएकोमा उनले उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात उनको नमुना लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस