नेपालमा थप ९ जनाको मृत्यु, १ हजार ४१ जना संक्रमित हुँदा १ हजार ५६६ जना निको भए

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, १६ : ४६
नेपालमा थप ९ जनाको मृत्यु, १ हजार ४१ जना संक्रमित हुँदा १ हजार ५६६ जना निको भए

काठमाडौं । नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा ३ महिला र ६ जना पुरुष रहेका छन् । महिलाहरुमा मोरङकी ४३, मकवानपुरकी ५२, नवलपरासीकी ३७ वर्षीया छन् भने पुरुषहरुमा पर्साका ७५, महोत्तरीका ७८, काठमाडौंका ४१–५९–६५ र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २८० पुगेको छ । यस्तै आज थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ५६६ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । जसमध्ये २७ हजार १२७ जना निको भएर घर फर्किएका छन् ।