काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, १६ : २८

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ४०८ संक्रमित थपिएको बताए । 

उनका अनुसार काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।