कोरोना बिमा भुक्तानी नदिनसुरु भयो बहानाबाजी

पत्रपत्रिकाबाट

शनिबार, २० भदौ २०७७, ०७ : ४९
कोरोना बिमा भुक्तानी नदिनसुरु भयो बहानाबाजी

काठमाडौं । कोरोनाका बिमितलाई भुक्तानी नदिन बिमा कम्पनीले अनेक बहाना गर्न थालेका छन् । यसअघि धेरैले बिमा गर्न थालेपछि जोखिम बेहोर्न नसकिने भन्दै केही दिन बिमालेख बिक्री रोकेका कम्पनीहरूले अहिले फेरि अर्को बखेडा निकालेका छन्– निजी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणबाट रिपोर्ट पोजिटिभ आएकालाई भुक्तानी नदिने ।

 कम्पनीहरूले नियामक निकाय बिमा समितिलाई दबाब दिएर यस्तो सूचना नै जारी गर्न लगाएका हुन् । बिमा समितिले पछिल्लो पटक जारी गरेको निर्देशनमा ‘निजी अस्पतालमा गरिएको पीसीआर परीक्षणका आधारमा दाबी भुक्तानी नदिनू’ भनिएको छ ।

यो नयाँ व्यवस्था भने होइन । समितिले यसअघि जारी गरेको ‘कोरोना बिमा मापदण्ड–२०७७’ मा यस्तो व्यवस्था छ । मापदण्डमा यस्तो व्यवस्था भए पनि बिमा कम्पनीले बिक्री गरेको बिमालेखमा दाबी भुक्तानीका लागि सरकारी अस्पतालमा मात्र परीक्षण गराएको हुनुपर्छ भन्ने स्पष्ट छैन । 

‘पछिल्लो समय भुक्तानी दाबी धेरै पर्न थालेपछि कम्पनीले नतिर्ने बहाना खोज्न थालेका हुन्,’ स्रोतले भन्यो, ‘उपाय खोज्दै जाँदा मापदण्डमै स्वास्थ्य मन्त्रालयमातहत निकायका अस्पतालमा गरिएको रिपोर्टका आधारमा मात्र दिनू भन्ने भेटियो ।’

यसअघि निजी अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा पनि दाबी भएकाले समितिले सूचना निकालेको स्रोतको भनाइ छ । बिमा कम्पनीले जारी गरेको बिमालेखमा पनि सरकारी अस्पतालमा मात्र बिमा गरेको हुनुपर्ने भन्ने स्पष्ट छैन । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस