नेपालमा थप १४ जनाको मृत्यु, १ हजार ३५९ जना संक्रमित भेटिए, १ हजार ३५४ जना निको भए

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १६ : ४२
नेपालमा थप १४ जनाको मृत्यु, १ हजार ३५९ जना संक्रमित भेटिए, १ हजार ३५४ जना निको भए

काठमाडौं । नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मतृतकहरुमा ४ महिला १० पुरुष रहेका छन् । महिलाहरुमा काठमाडौंकी ८२–६७–२२, चितवनकी ३५ वर्षीया छन् भने पुरुषहरुमा सप्तरीका ५५–५५, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ५८, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय रहेका छन् । प्रवक्ता डा गौतमले एक संक्रमितको जिल्ला भन्न छुटाएका थिए ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७१ पुगेको छ । यस्तै आज थप १ हजार ३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ३५४ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । जसमध्ये २५ हजार ५६१ जना निको भएर घर फर्किएका छन् ।