चितवनको जंगलमा वनमान्छे, लगौटीका भरमा धानिदैछ चेपाङको जीवन

प्रकाश सिग्देल

शुक्रबार, १९ भदौ २०७७, १३ : ३४
चितवनको जंगलमा वनमान्छे, लगौटीका भरमा धानिदैछ चेपाङको जीवन

– प्रकाश सिग्देल
चितवन । यी पदमबहादुर चेपाङ वन मान्छेका रुपमा यो चितवनको इच्छाकामना गाउँपालिका स्याङती गाउँमा परिचित छन् । यस गाउँका स्थानीयहरुले यी चेपाङलाई वनमान्छे भनेर चिन्छ्न् । जंगलको बीचमा सानो छाप्रोमा बस्ने र त्यहाँको जंगलमा  कुनै मानिस काम विशेषले गए वनमान्छेले जस्तो आवाज दिने र लुक्न् जंगल तिर भाग्ने उहाँको विगतको स्वभावका कारण उहाँलाई वनमान्छे भन्ने गरिएको स्थानीयहरु बताउँछन् ।

बीच जंगलबाट स्थानीयले मानववस्तिको नजिक पाखामा ल्याएर घर बनाएर राखिदिएपिछ उनको स्वभावमा अलिकति परिर्वतन आएपनि सारा गाउँमा वन मान्छेकै रुपमा उनी  परिचित भएको स्थानीय बासिन्दा राजकुमार चेपाङले बताए ।

उनको यो स्वरुप देख्दा सबैलाई अचम्म लाग्छ उनी अधिकांश समय  लगौटीमात्रै लगाएर नाङ्गोहर दिन कटाउँछन् ।  घरमा कामकाज गर्दा, हलो जोत्दा, जंगल गिठा भ्याकुर खोज्न जाँदा लगौटीकै भरमा वनमान्छे जस्तै गरी हिँड्ने गरेको स्थानीय बासिन्दा राजकुमार चेपाङको भनाइ छ ।

उनलाई झयाप्प हेर्दा अनौठो लाग्न सक्छ । यसरी जीवन बिताएको ७० वर्ष भइसकेको छ । चरम गरिबी, अभाव, अशिक्षाका कारण उनको हरमा राम्रो लुगा नपरेको स्थानीयहरु बताउँछन् । चरम गरिबीले विगतमा जंगलमा बस्दा कपडा नै नलगाई बस्ने जंगलमै रमाउने जंगली स्वभाव भएका कारण अहिले पनि उनमा त्यही स्वभाव कायमै रहेको स्थानियहरुको बुझाई छ ।

जंगलबाट अलि तल मानववस्तिभन्दा अलि टाढा पाखामा उनको एउटा सानो झुपडी छ । त्यो पनि  स्थानीयले नै बनाएर उनीहरुलाई बीच जंगलबाट तल पाखामा झारेका हुन् ।

त्यस यता अलि अलि खेती किसान गर्ने, कोही दाताहरु त्यहाँ पुगेका बेला लत्ता कपडा र केही खाद्यान्न सहयोग गर्ने गरेपछि भने उनको केही ब्यवहार परिर्वतन भएको देखिन्छ ।  

विकट गाउँपाखामा घर भएका कारण उनको घरमा कहिल्यै कोही नपुग्ने, उनीहरु पनि अर्को गाउँमा नजाने, कोही पनि मानिस पुग्न नसक्ने विशाल जंगलमै जीवन बिताउने, कोही मान्छे जंगल जानासाथ वन मान्छे झैं गरी कराउने स्वभावका कारण उनलाई वनमान्छे भनिएको स्थानीय राजकुमार चेपाङको भनाइ छ ।

उनको  १० जनाको परिवार छ । एउटा छोराको भिरबाट खसेर मृत्यु भएको र अरु छोराबुहारी, नातिनातीना पाखामा खोरीया खनेर खान थालेको चेपाङ बताउँछन् ।

गरिबीका कारण परिवारको मुखमा राम्रोसँग अन्न परेको छैन भने परिवारले जेनतेन पुराना कपडाहरु लगाएर शरीर ढाकेका छन् । तर उनीहरुले गरिबी र अभावलाई भने कहिल्यै ढाक्न सकेका छैनन् । आफूलाई अहिले पनि वनमान्छे भन्ने गरेको स्वयम पदम चेपाङ बताउँछन् ।

उनको दैनिकी जाडोको बेला अगेनाको छेउमा आगो ताप्नी अरुबेला गिठा भ्याकुर र जंगली कन्दमुल खोजेर परिवार पाल्ने रहेको छ । साँझ र बिहान माीथ पाखामा रहेको बाँदर कुर्नी कटेरोमा बसेर बाँदर लखेट्ने र अन्न पातको रक्षा गर्ने काम समेत उनले गर्दै आएका छन् ।

श्रीमान्लाई सबैले वन मान्छे भनेर भन्ने गरेको श्रीमती बुद्धीमाया चेपाङ बताउँछिन् । बीच जंगलमा बस्दा छोराछोरी पाल्न समस्या भएपछि पाखामा झरेर खोरिया फाडेर बस्दै आएको र आफूहरु चरम गरिबी र अभावमा बाच्न बाध्य भएको उनको भनाइ छ । आफूहरुको दैनिकी निकै कष्टकर बनेको बताउँदै उनले सहयोगके लागि आग्रह गरेकी छन् । अत्याधिक गरिबीमा बाँचेको यो परिवार एउटा टहरामा १० जनाले जीवन बिताएका छन् । घरमा अन्नको गेडो समेत छैन भने लगाउने कपडा समेत छैन । जंगलका दाउरा र खोलामा बगेको पानी हेरेर यिनीहरुले भोलिको दिनको सपना देखिहेका छन् । यिनीहरुको जीवन परिर्वतनका लागि आर्थिक तथा अन्य सहयोगको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस