पोखरामा २९ जनामा सङ्क्रमण पुष्टि

रासस

विहीबार, १८ भदौ २०७७, १९ : १७
पोखरामा २९ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । पोखरा महानगरपालिकाका विभिन्न १० वटा वडामा आज थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा महानगरका १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० वडाका २१ देखि ५२ वर्ष उमेर समूहका  महिला तथा  पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।  

पोखरा १ की ४२ वर्षीया महिला, ५ का २८ वर्षीय पुरुष, ८ का ३५ र ५८ वर्षका दुई पुरुष, १० का ३८ र ४६ वर्षीया दुई महिला तथा २७ ,३० , ३७, ३८ र ४८ वर्षका पुरुष , १२ का २५ ,३६ ३७, ४४ ,४५  वर्षीया महिला तथा ३१, ३६  र ४७ वर्षका पुरुषमा कारोना देखिएको हो ।

त्यस्तै वडा नं १३ का २१ वर्षीय महिला तथा २२ र ४८ वर्षका पुरुष, १४ का ३५ वर्षीया महिला तथा ४६ वर्षीय पुरुष , १६ का ५२ वर्षका पुरुष, २७ का ३२ र ३७ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष र ३० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी तनहुँ ब्यास १ र ४ का २९ वर्षीया दुई महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस