नेपालमा थप ६ जनाको मृत्यु, १ हजार २२८ जना संक्रमित भेटिए, ९१७ जना निको भए

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, १६ : ४४
नेपालमा थप ६ जनाको मृत्यु, १ हजार २२८ जना संक्रमित भेटिए, ९१७ जना निको भए

काठमाडौं । नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा चितवनकी ४० वर्षीया महिला, भक्तपुरकी ४० वर्षीया महिला, तनहुँकी ९२ वर्षीया महिला, रुपन्देहीकी ७७ वर्षीया महिला, सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुष र रुपन्देहीका ६५ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । यस्तै आज थप १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९१७ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । जसमध्ये २४ हजार २०७ जना निको भएर घर फर्किएका छन् ।