काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, १६ : २९

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।