चितवन । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार मृतकमा अल्कोहलिक हेपाटाइटिस र एक्यिूड किड्नी डिजिजको समस्या थियो ।
उनी भदौं ९ गते अस्पतालमा भर्ना भएका थिए । भदौं १० गते कोरोना पुष्टि भएको थियो । अथक प्रयासका बाबजुद संक्रमितको आइसोलेसन वार्डमा मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ भदौ २०७७, १६ : ०१
लेखकबाट थप