हालसम्म एक हजार ९५४ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, १३ : ०३
हालसम्म एक हजार ९५४ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । हालसम्म एक हजार ९५४ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् ।  

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् ।

प्रहरी प्रधान कार्यालय र प्रहरी अस्पतालमा गरी ८४ जना संक्रमित भएको प्रहरी प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार त्यसैगरी उपत्यकामा ट्राफिक प्रहरीसहित ४७२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट सातैवटै प्रदेशका कार्यरत प्रहरी कर्मचारीहरु पनि संक्रमित भएका छन् । सबैभन्दा बढी प्रदेश १ मा १९८ जना प्रहरी संक्रमित भएका छन् ।

त्यस्तै प्रदेश २ मा ११५, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ८७, ५ नम्बर प्रदेशमा ७८, कर्णाली प्रदेशमा ३७ र सूदूरपश्चिम प्रदेशमा १३ प्रहरी संक्रमित भएका छन् ।