श्रीमतीसंग अवैध सम्बन्ध राख्ने १४ जनासंग श्रीमानले मागे १ सय करोड क्षतिपुर्ती !

एजेन्सी

विहीबार, १८ भदौ २०७७, १२ : ०४
श्रीमतीसंग अवैध सम्बन्ध राख्ने १४ जनासंग श्रीमानले  मागे १ सय करोड क्षतिपुर्ती !

प्रतिकात्मक फोटो

एजेन्सी । भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई एक सय करोडको क्षतिपुर्ती माग गर्दै मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् ।

यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरुविरुद्ध कानूनी कारबाही गरिने समेत जानकारी दिइएको थियो । भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले ।

उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तिका लागि कानूनी नोटिस पठाए । नोटिसमा क्षतिपुर्ती माग्ने व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो, तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् ।’ नोटिसमा उनले थपेका छन्, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैकारण म तनावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तिको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ ।

यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ ।’ उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरुविरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् । यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनु पर्ने पनि जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस