बामदेव गौतमलाई प्रधानमन्त्री ओलीको ‘अफरै–अफर’

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, ०९ : ०४
बामदेव गौतमलाई प्रधानमन्त्री ओलीको ‘अफरै–अफर’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभामा मनोनित सिटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजाने आफ्नो चाहनामा सहयोग गर्न उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका छन् । आज बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा हिजो बेलुकी बालुवाटार बोलाई प्रधानमन्त्री ओलीले गौतमलाई त्यसको बदलामा आफुले जुनुकुनै सहयोग गर्ने आश्वासन पनि दिएका छन् । 

अध्यक्ष प्रचण्डसँग कुरा गर्दा समेत सहमति जुट्न नसकेपछि उनले गौतमलाई नै बोलाएर अफरै अफरको आश्वासन दिएका हुन् । बालुवाटार स्रोतका अनुसार, ओलीले गौतमलाई पनि सांसद बनाउने, रोजेका मन्त्रालय दिने देखि पत्नी तुलसी थापालाई समेत मन्त्री बनाईदिने सम्मका आश्वासन दिएका छन् ।  तर गौतम प्रधानमन्त्रीको कुनै पनि अफरमा अहिले लोभिएका छैनन् । तर उनको अस्थिर राजनीतिका कारण आज बिहान ११ वजे बस्ने सचिवालय बैठक सम्म टिक्न सके राष्ट्रिय सभामा गौतमलाई लैजान सिफारिस गर्ने पार्टीको गत फागुनको निर्णयमा कुनै दाँयाबायाँ हुने देखिन्न । ओलीले गौतमलाई डोल्पाबाट उपचुनाव गराएर प्रतिनिधीसभामा ल्याउने आश्वासन दिएका छन् । 

ओलीले कुनै विकल्पमा गौतम तयार नभएपछि प्रतिनिधीसभामै समानुपातिक सांसद रहेकी वामदेव पत्नी तुलसा थापालाई मन्त्री बनाउने सम्मका अफर पनि राखे । त्यसमा पनि गौतमले चित्त नबुझाई बालुवाटारबाट फर्केका थिए । 

तपाई (बामदेव) डोल्पामै गएर चुनाव लड्नुहोस । प्रतिनिधीसभामै आउनुहोस, अन्तिममा चुनावी सरकारको नेतृत्व गर्न सम्म दिउँला अहिले मलाई सहयोग गर्नुस्, ओलीले गौतमलाई भनेका थिए । यो प्रस्ताव ओलीले १२ भदौं देखि गौतमसँग राख्दै आएका छन् । गौतमले कोरोना कहरका कारण अहिले उपचुनाव हुने अवस्था नरहेको, चुनाव गराउदा पनि असोजसम्म गराउन पर्ने त्यसपछि सम्भव नहुने, असोजमा गराउन कोरोनाका कारण सम्भव नहुने, जाडो याममा पहाडी भूभागबाट मानिसहरु तल बेसी झर्ने भएकाले चुनाव सम्भव नहुने, त्यसपछि स्थानिय तहको चुनाव आउने भएकाले अब प्रतिनिधीसभाको उपचुनाव सम्भव नभएको गौतमको जिकिर छ । 

उपचुनावको आश्वासन फेरि आफुलाई ललिपप खुवाउन मात्र प्रधानमन्त्रीको तर्फबाट आएकोले त्यसमा सहमत हुन नसक्ने गौतमको जवाफ प्रधानमन्त्रीलाई थियो ।  उपचुनाव लडन गौतम अब तयार नभएपछि प्रधानमन्त्रीले उनका लागि दोश्रो प्रस्ताव पनि अगाडी सारे । त्यो हो, मनोनित सांसद रामनारयण बिडारीलाई राजीनामा गराई रिक्त पदमा लैजाने ।  म माननिय रामनारायण बिडारीलाई राजीनामा गराउन लगाई त्यहा रिक्त हुने पदमा राष्ट्रिय सभामै लैजान्छु , तर अहिले अर्थमन्त्रीको दुई दिनभित्रै सिफारिस भईसक्नुपर्ने भएकाले त्यसमा उहाँलाई नै मनोनित गर्न सहयोग गर्नुस्, ओलीले गौतमसँग दोश्रो प्रस्ताव राखे । गौतमले भने, विडारीजीले कसरी राजीनामा दिनुहुन्छ ?  प्रधानमन्त्रीले भने, उहाँ (विडारी)लाई सम्वैधानिक नियुक्तितिर जिम्मा दिऔंला, प्रचण्डजीसँग सल्लाह गरेर यसमा मिलाऔला, यसरी जाने सोच्नुहोस् ।

तर पनि गौतम मानेनन् । प्रचण्ड अहिले बिडारीलाई फिर्ता बोलाउने पक्षमा छैनन्, अहिले रिक्त रहेकै पदमा गत फागुन १४ को निर्णय अनुसार नै गौतमलाई राष्ट्रिय सभा लानुपर्ने पक्षमा प्रचण्ड देखिएका छन् । बिडारी प्रचण्ड पक्षका नेता हुन् । आफुले राखेको दोश्रो विकल्पमा पनि गौतम तयार नभएपछि उनले तेश्रो प्रस्ताव राखे , राष्ट्रिय सभामै अर्काे विकल्पबाट पनि लैजाने । उनले राष्ट्रिय सभाका कुनै निर्वाचित सांसदलाई राजीनामा गराई रिक्त हुने पदमा चुनाव गराएर लैजाने । ओलीले आफु निकट नेतालाई नै राजीनामा गराएर चुनाव गराउने प्रधानमन्त्रीको आश्वासन थियो । राष्ट्रिय सभा चुनाव गराउन सहज पनि हुने, कोरोना कहरकै बीचमा पनि सुरक्षा सर्तकता अवलम्वन गरेर गराउन सकिने भन्दै राखेको तेश्रो प्रस्तावमा पनि गौतम तयार देखिएका छैनन् । 

ओलीले यसरी जुनकुनै विकल्पमा जान तयार रहेर अहिलेलाई अर्थमन्त्रीलाई मनोनित गरेर लैजान सहयोग गरे, अर्थमन्त्री बाहेक जुनकुनै मन्त्रालयमा मन्त्री बनाएर लैजाने अफर पनि गौतमलाई दिएका थिए । अर्थ बाहेक रोजी मन्त्रालय पनि लिनुस्, म दिन तयार छु, तर अहिले मलाई सहयोग गर्नुस्, ओलीले गौतमसँग भने । तर उनले उपप्रधानसहित अर्थ मन्त्रालय पनि दिनुस्, राष्ट्रिय सभामा पनि फागुन १४ कै निर्णयका आधारमा अहिले नै मलाई लैजानुस् भन्दै प्रधानमन्त्रीलाई जवाफ फर्काएका थिए ।  ओलीले कुनै विकल्पमा गौतम तयार नभएपछि प्रतिनिधीसभामै समानुपातिक सांसद रहेकी वामदेव पत्नी तुलसा थापालाई मन्त्री बनाउने सम्मका अफर पनि राखे । त्यसमा पनि गौतमले चित्त नबुझाई बालुवाटारबाट फर्केका थिए । 

अर्थमन्त्री युवराज खतिवडा अहिले ग¥ैह सांसदका रुपमा सरकारमा छन् । ६ महिनाभित्र संघीय संसद अन्र्तगतको प्रतिनिधीसभा र राष्ट्रिय सभामा जानैपर्ने सम्वैधानिक प्रावधानका आधारमा पनि खतिवडा अबको दुई दिनभित्र कुनै न कुनै रुपमा सांसद प्रवेश नगरे उनको पद स्वतः सकिनेछ । २१ भदौंभित्रै उनी राष्ट्रिय सभामा पुगिसक्नुपर्ने हुन्छ । ओलीले सोही कारण पनि सरकारमा अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिन वामदेव फकाउन अनेक अफरै अफर प्रस्तुत गरेका हुन् । तर गौतम फक्किन सकेका छैनन् । उनी आफ्नो अडानमा कायम रहे प्रधानमन्त्री ओली निक्कै अप्ठयारोमा पर्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस