काठमाडौं । सिमाको विषयलाई लिएर चीन र भारतबिच तनाव बढदैं गईरहेको बेला भारतले चीनमा विकसित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । त्यसमा अत्याधिक रुचाईएका पब्जी देखि लुडो सम्म रहेका छन् । ३ दिन अघि सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरु आफ्नो देशमा नचल्ने बनाएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती एप्सहरु भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गतिविधिमा लागेको भन्दै प्रतिबन्ध लगाएको उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘यो कदमबाट भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुने छ । यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्य अनुसार गरिएको हो ।’
चीनले निर्माण गरेको अहिलेको प्रतिबन्ध समेत गरि २२४ वटा मोबाईल एप्स भारतले प्रतिबन्ध लगाएको छ । भारतले चीनमा विकसित एप्सहरुको माध्यमबाट मोबाइलका डाटा चोरी गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ भदौ २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल