काठमाडौं । सिमाको विषयलाई लिएर चीन र भारतबिच तनाव बढदैं गईरहेको बेला भारतले चीनमा विकसित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । त्यसमा अत्याधिक रुचाईएका पब्जी देखि लुडो सम्म रहेका छन् । ३ दिन अघि सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरु आफ्नो देशमा नचल्ने बनाएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती एप्सहरु भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गतिविधिमा लागेको भन्दै प्रतिबन्ध लगाएको उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘यो कदमबाट भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुने छ । यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्य अनुसार गरिएको हो ।’
चीनले निर्माण गरेको अहिलेको प्रतिबन्ध समेत गरि २२४ वटा मोबाईल एप्स भारतले प्रतिबन्ध लगाएको छ । भारतले चीनमा विकसित एप्सहरुको माध्यमबाट मोबाइलका डाटा चोरी गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ भदौ २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
राष्ट्रपतिले चीनको एससिओको शिखर सम्मेलनमा भाग लिन जान किन मानेनन् ?
चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा