आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, ०७ : ५६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरको मौसम  सामान्यतया बदली रही केही स्थानमा  वर्षाको सम्भावना रहेको  जनाएको छ ।  देशभर अहिले सामान् देखि पूर्णतया बदली रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ। अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसमविदले बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  जनाएका छन् । यस्तै राति पनि देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस