कोरोना अपडेट : चितवनमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, २० : १६
कोरोना अपडेट : चितवनमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ३९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ३८ जना चितवनका सहित ३९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाले दिएको जानकारी अनुसार  २१८ वटा नमुनाको परिक्षणमा ३९ जनामा संक्रमण देखिएको हो । 

भरतपुर महानगरपालिका १९  जनामा कोरोना पुष्टि भएको हो भने खैरेनी  नगरपलिका ४ जना , रत्ननगर नगरपलिका ८ जना , कालिका नगरपलिका ५ जना र माडी नगरपलिका २ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।