काठमाडौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको र आफूलाई निकै दुःख लागेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर भारतका पूर्वराष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । पूर्व राष्ट्रपति मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र संयुक्त राज्य अमेरिकाका तर्फबाट मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि तथा भारत र भारतीय जनताप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
मङ्गलबार ट्वीट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ भदौ २०७७, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ