नेपालमा थप १२ जनाको मृत्यु, १ हजार १२० जना संक्रमित भेटिए, १ हजार ११२ जना निको भए

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १६ : ४३

काठमाडौं । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा महिला ६ जना र पुरुष ६ जना रहेका छन् । महिलाहरुमा चितवनकी ५५–१८, काठमाडौंकी ८९, ललितपुरकी ७०, तनहुँकी २०, कपिलवस्तुकी ६० वर्षीया रहेकी छिन् भने पुरुषहरुमा बाराका ९७, चितवनका ६५, भक्तपुरका ४०, काठमाडौंका ७०–७५ र धादिङका ४७ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २५१ पुगेको छ । यस्तै आज थप १ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ११२ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । जसमध्ये २३ हजार २९० जना निको भएर घर फर्किएका छन् ।