काठमाडौं उपत्यकमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १६ : २८

काठमाडौं । काठमाडौं उपत्यकमा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो । 

यससहित आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।