एकैदिन १ हजार १२० जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १६ : २४

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । जसमध्ये २३ हजार २९० जना निको भएर घर फर्किएक छन् ।