वैकल्पिक सिकाई प्रभावकारी वनाउन शिक्षा मन्त्री र अनेरास्ववियूको भर्चुअल अन्तक्रिया

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १४ : ५५
वैकल्पिक सिकाई प्रभावकारी वनाउन शिक्षा मन्त्री र अनेरास्ववियूको भर्चुअल अन्तक्रिया

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर जान नदिने  प्रतिवद्धता दोहोर्याएका छन् ।  आज सत्तारूढ  नेकपा निकट अनेरास्ववियूसंगको  भर्चुअल अन्तर्क्रिया मन्त्री पोखरेलले सो धारणा राखेका हुन् । 

मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पुर्व निर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने वताएका छन् । पोखरेलले वैकल्पिक सिकाई सहजिकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मुल्यांकन र परिक्षाको अभिन्न अंग वनाउने जनाएका छन् । उनले  वैकल्पिक सिकाईका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच पनि अघि सारेका छन् ।

वुधवार अनेरास्ववियूसंगको अन्तर्क्रियामा मन्त्री पोखरेलले भने -' मैले ब्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्री  ज्युसंग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु ।' प्रधानमन्त्रीले त्यसलाई सकारात्मक रुपमा लिएको भन्दै पोखरेलले भने - 'त्यस्तो टेलिभिजनले विहान  माध्यमिक तहलाई, दिउँसो आधारभुत तहलाई र सांझ विश्वविद्यालय तहलाई सिकाइने ब्यवस्था मिलाइनेछ ।'

कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाईलाई सवै विद्यार्थीको पहुंचमा पुर्याउनुपर्ने धारणा राखेका थिए । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षा वारे अविलम्ब निर्णय गर्न आग्रह गरेका थिए । भर्चुअल अन्तरक्रियामा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत, रश्मि आचार्य, तिलकराज भण्डारी, दिपक देवकोटा,  पञ्चा सिंह, सुनिता वराल, विजय गौतम, उत्तम अधिकारी लगायत ३१ जना विद्यार्थी नेताहरुको सहभागिता रहेको थियोे । 

अन्तर्क्रिया कार्यक्रममा विद्यार्थी नेताहरुले वैकल्पिक सिकाईको पुनरावलोकन गरि थप प्रभावकारी वनाइनुपर्ने, शैक्षिकसत्र हरहालतमा जोगाउनु पर्ने, अवरुद्घ परिक्षाहरु वैकल्पिक विधिवाट संचालन गरिनुपर्ने, पहुंच नहुने विद्यार्थी कहाँ पहुँच पुर्याउनु पर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्ने लगायतका विषय उठाएको नेता सुरेन्द्र बस्नेतले जनाए ।

प्रतिक्रिया दिनुहोस