काठमाडौं । विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर औषधिको प्रयोग गर्न सेवा प्रदायकलाई सुझावसमेत दिएका छन् ।
येटिचेम वितरक प्रा. लि.ले रेम्डिसिभिर औषधिको पहिलो ब्याचको घोषणाका लागि आयोजना गरेको भर्चुअल प्रेस कन्फरेन्समा चिकित्सक अशेष ढुङ्गानाले लक्षण देखिएका तर दीर्घरोगी नरहेका बिरामीमा रेम्डिसिभिरको प्रयोग अत्यन्तै लाभदायी हुने बताए ।
नेपालमा हाल १५ प्रतिशत बिरामीमा कोरोनाभाइरसको लक्षण देखा परेको छ । सक्रिय बिरामीको सङ्ख्या करिब १८ हजार छन् । करिब दुई हजार बिरामीमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुनसक्छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ भदौ २०७७, ०७ : ५३
लेखकबाट थप