जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित

रासस

मंगलबार, १६ भदौ २०७७, २१ : ४१
जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित

सांकेतिक तस्विर

काठमाडौँ । मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् ।

सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा विरोधस्वरुप आजदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलन शुरु गरेका हुन् । 

यही भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालो पट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा लेनिस पोखरेलले बताउनुभयो । उहाँले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच महिनादेखि भत्ता नपाएको बताउनुभयो । 

डा पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताउनुभयो । “हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौँ”, उहाँले भन्नुभयो, “सरकार आफैँले कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायत जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौँ । बाध्य भएर आन्दोलनमा उत्रिनु प¥यो ।”

उहाँका अनुसार उनीहरुको माग सुनुवाई नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवासमेत बन्द गरिनेछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको बताउनुभयो । 

उहाँले प्रक्रिया पु¥याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुनसक्ने बताउँदै भन्नुभयो, “सायद अब चाँडै आउँछ होला । आउने बित्तिकै उहाँहरुको मागको सम्बोधन हुन्छ ।” अस्पताल विकास समिति

प्रतिक्रिया दिनुहोस