कोरोना अपडेट : नेपालमा थप ११ जनाको मृत्यु, १ हजार ६९ जना संक्रमित भेटिए, ७६८ जना निको भए

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १६ : ४८

काठमाडौं । नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा महोत्तरीकी एक ४ वर्षीया बालिका रहेकी छिन् भने अन्य १० जना पुरुष रहेका छन् । पुरुषहरुमा महोत्तरीका ३७, सिरहाका ६५, पर्साका ५३–८०–६०, बाराका ६०, चितवनका ५२, काठमाडौंका ७०–३५ र मकवानपुरका ५८ वर्षीय रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३९ पुगेको छ । यस्तै आज थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७६८ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमध्ये २२ हजार १७८ जना निको भएर घर फर्किएका छन् ।