काठमाडौँ उपत्यकामा थप ४८१ जना नयाँ संक्रमित भेटिए

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १६ : २९

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८१ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौं जिल्लामा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा नयाँ संक्रमित भेटिएका हुन् ।