चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, ०७ : ४९
चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ४०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३५३ सय वटा नमुनाको परीक्षणमा चितवनका १५  सहित २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै  ‎जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।