काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
दुई दिनअघि स्वाब दिएका उनलाई आज सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । होम आइसोलेसनमा बसेका उनलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन ।
उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएको मेयर शाक्यको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ भदौ २०७७, १८ : ३९
लेखकबाट थप